एमालेसँग गठबन्धन गर्न चाहनेहरुका लागि ढोका खुला छ : गुरुङ
काठमाडौं । नेकपा (एमाले) ले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनका लागि ढोका खुला राखेको बताएको छ । स्थायी कमिटी बैठक एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले गठबन्धन गर्नु हुँदैन भनेर पार्टीले ढोका बन्द नगरेको स्पष्ट पारे ।
उनले देशमा सुशासन, समृद्धि र स्वाधिनताको पक्षमा एजेण्डा मिल्नेहरुसँग गठबन्धन गर्न तयार रहेको बताए । उनले भने, ‘गठबन्धन गर्नै हुँदैन भनेर ढोका बन्द गरेर बसेको पार्टी एमाले होइन । एमालेसँग जो–जो गठबन्धन गर्न चाहन्छ, त्यो पार्टीहरुलाई ढोका खुला छ । तर हामी के भन्दैनौ भने गठबन्धन भएन भने एमाले चुनावमा जाँदैन एमाले चुनावमा हार्छ भन्ने मानसिकता चाहँदैनौ । हामी एक्लैले चुनाव जित्नसक्छौँ । चुनाव लड्नुपर्छ । चुनौतीको सामना गर्नुपर्छ । हाम्रो यो अभियानमा सुशासन, समृद्धि, राष्ट्रिय स्वाधिनताको यो अभियानमा, देशलाई बचाउने, लोकतन्त्रलाई सुदृढ गर्ने यो अभियानमा, गणतन्त्रलाई कार्यान्वयन गर्ने अभियानमा जो जो हामीसँग एजेण्डा मिल्छ नि उ सँग आउने । बलजफ्ति हामीसँग मिल्न आउ भन्ने परिस्थिति हुँदैन ।’
स्थायी कमिटी बैठकले केन्द्रिय कमिटीको तेस्रो बैठकपछि भएका निर्णयहरुको अनुमोदन गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्: