हेटौँडाका वडाध्यक्षमाथि कार्यकक्षमै कुटपिट, लामा फरार
काठमाडौं । हेटौँडा उपमहानगरपालिकाको ४ नम्बर वडाका वडाध्यक्ष नवीन सिग्देलमाथि कार्यकक्षमै कुटपिट भएको छ ।
एमाले मकवानपुरका जिल्ला सचिवसमेत रहेका सिग्देललाई हेटौँडाका सानु लामा दोङले कुटपिट गरेको बताइएको छ । सिग्देलले मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा लामाविरुद्ध उजुरी दिएका छन् ।
अभियुक्त लामा फरार रहेको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए । लामा युवा संघ मकवानपुरका नेतासमेत हुन् ।
लामा जिल्ला खेलकुद विकास समिति मकवानपुरका निवर्तमान अध्यक्षसमेत हुन् ।
सिग्देलले आफूमाथि कुटपिट भएको बताए । ‘ममाथि गलत भएको हो । म यो भन्दा धेरै बोल्दिनँ,’ सिग्देलले भने ।
वडाध्यक्ष सिग्देल एमालेबाट निर्वाचित भएका थिए । उनलाई एमालेकै युवा संघका नेता लामाले कुटेका हुन् ।
प्रतिक्रिया दिनुहोस्: