गठबन्धनले देशलाई सङ्कटबाट बचाएको हो : माधव नेपाल
हेटौंडा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनले देशलाई सङ्कटबाट बचाएको दाबी गरेका छन् । समाजवादी प्रेस सङ्गठनले बुटवलले आयोजना गरेको कार्यक्रममा बोल्दै उक्त कुरा बताएका ह्ने ।
उनले गठबन्धनले संविधान जोगाउनुका साथै देशमा देखिएको अस्थिरतालाई कम गरेको बताए । नेपालले गठबन्धन चुनावमा जाँदा पार्टीलाई भएको फाइदा बताउँदै आगामी चुनावसम्म गठबन्धन कायमै रहने बताए ।
अघिल्लो चुनावमा भएका कमजोरीहरूलाई सच्याउँदै पाँच दलीय गठबन्धन कायम रहनुपर्नेमा उनको जोड थियो। यद्यपि उनले चुनावमा गठबन्धनको मात्रै भर नपर्ने बताए ।
उनले भने, ‘२०६३ सालमा मैले गिरिजाप्रसादलाई प्रधानमन्त्री बनाए र २०६६ मा उनले मलाई प्रधानमन्त्री बनाए ।’ गिरिजाले आफूलाई ६३ सालमा लगाएको गुन तिर्न ६६ मा प्रधानमन्त्री बनाएको स्मरण गरे । नेपालमा वाम दलहरूका बीच धेरै मुद्दा मिल्ने भएकोले गठबन्धन हुने गरेको बताउँदै उनले वामपन्थी दलहरू मिल्दा काँग्रेस आत्तिन नहुने बताए । अहिले वामदेव गौतमले ल्याएको वाम एकताका विषयमा पनि छलफल भैरहेको उनले बताए । तर एमालेले आफ्नो दलसँग सहकार्यको ढोका खोल्दै नखोलेको गुनासो उनले गरे । ‘एमालेले सहकार्यको ढोका खोलेकै छैन,अनि कहाँबाट बन्द हुनु रु’ सम्वाददाताहरुले राखेको जिज्ञासामा उनले भने– ‘हामीले गरेको विद्रोहको औचित्य पुष्टि भएको छ, हामीले उठाएका इस्युहरु ज्यूँदै छन् ।’
उनले तत्कालीन नेकपा ब्यूँझाउन सकिन्छ कि भनेर सचिवालयका ९ जनामध्ये ५ जनाको बैठक बसेर छलफल गरिएको बताए । फरक प्रसंगमा अध्यक्ष नेपालले अमेरिकी सहयोग परियोजना ९एमसीसी० को व्याख्यात्मक घोषणाको कार्यान्वयनबारे सरकारले फलोअप गर्नुपर्ने बताए। सरकारले असंलग्न परराष्ट्र नीतिलाई प्रभावकारीरुपमा अवलम्बन गर्नुपर्नेमा जोड दिँदै उनले नेपाल शक्ति राष्ट्रसँगको सैन्य गठबन्धनमा सामेल हुन नहुने बताए ।
प्रतिक्रिया दिनुहोस्: