भ्रमण, बैठक भत्ता कटौती, बचत हुने पाँच अर्ब कोरोना खोप किन्ने : अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारी बैठक, भ्रमण र तालिम बापतको बजेट कटौती गरेका छन् । उनले आज प्रतिनिधिसभाको बैठकमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेस गर्दै यस्तो घोषणा गरेका हुन् ।
उनले यसरी कटौती भएपछिको बचत हुने पाँच अर्ब बराबरको बजेट भने कोरोना खोप खरिदमा प्रयोग गरिने बताए । ‘चालु खर्चतर्फ बैठक भत्ता, इन्धन, कर्मचारी तालिम, सिप विकास तथा जनचेतना तालिम, अनुगमन मुल्यांकन भ्रमण खर्च, विविध कार्यक्रम शीर्षकमा न्यूनमत १० प्रतिशत बजेट कटौती गरेको छु,’ अर्थमन्त्री शर्माले भने,‘यसरी खर्च कटौती गर्दा तत्काल बचत हुन आउने देखिएको ५ अर्ब कोभिड खोपका लागि उपयोग गर्ने प्रवन्ध मिलाएको छु ।’
प्रतिक्रिया दिनुहोस्: