अभिनेत्री साम्राज्ञीले सुरु गरिन् अनलाइन व्यवसाय कार्यन्वयन
काठमाडौं । कोरोना भाइरस महामारीको कारण गत बर्षबाट नेपाली फिल्म क्षेत्र बन्द प्रायः नै छ । कोरोना भाइरसको दोस्रो लहरको सूरुवातसंगै यो क्षेत्र फेरी थला पर्ने अवस्था आएको छ । कोरोना भाइरसरका अभिनय नै मूख्य पेसा भएका कलाकारको आम्दानीको बाटो नै बन्द भएको छ । यस्तो अवस्थामा नेपाली फिल्म क्षेत्रका कलाकारले बैकल्पिक आम्दानीको बाटो रोज्न थालेका छन् ।
जसमा अभिनेत्री साम्राज्ञी शाहले पनि अनलाइन व्यवसाय सुरु गरेकी छन् । साम्राज्ञीले अनलाइन क्लोथिङ स्टोर सञ्चालनमा ल्याएकी हुन् । उनको अनलाईन सपिङबाट ‘प्याप’ ९प्याप्ड० तथा महिलाले लगाउने पहिरन मात्र बिक्रि वितरण गरिने छ । यस अनलाइन स्टोरबाट नेपालमै तयार गरिएकाका पहिरन बिक्री हुनेछन् । अहिले अभिनेत्री साम्राज्ञीले दिनहुँ जसो सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘प्याप’ स्टोरमा उपलब्ध पहिरन लगाएर फोटोसुट गर्दै सार्वजनिक गरिरहेकी छन् । २०७७ सालको लकडाउनपछि अभिनेता पुष्प खड्कासँग फिल्म ‘तिम्रो मेरो साथ’ मा अभिनय गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्: