नेपाल–भारतका वाणिज्य सचिवहरुको बैठक सम्पन्न
काठमाडौँ । २२ मंसिर । नेपाल र भारतका वाणिज्य सचिवहरुको अध्यक्षतामा अनधिकृत व्यापार नियन्त्रणका लागि व्यापार, पारवहन तथा सहकार्य विषयक अन्तर सरकारी समिति (आईजीसी)को बैठक सम्पन्न भएको छ ।
बैठक भिडियो कन्फरेन्समार्फत भएको थियो । कन्फेरेन्समा विभिन्न मन्त्रालय तथा भारतीय राजदूतावासका अधिकारीसहित १५ सदस्य थिए ।
भारततर्फको नेतृत्व नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रासँगै भारत सरकारका वाणिज्य मन्त्रालयका वाणिज्य सचिव अनुप वाधवाले गरेका थिए । यस्तै, विभिन्न मन्त्रालय एवम् विभागका अधिकारी सम्मिलित नेपाली टोलीको नेतृत्व वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्: