Bagmati Samachar Logo

क्षेप्यास्त्र माग्न अमेरिका पुगेका जेलेन्स्की रित्तो हात फर्किए, ट्रम्पले भने– युद्ध अन्त्य गर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा भएको भेटपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अपेक्षित उपलब्धिबिना नै फर्किएका छन् । ट्रम्पले युक्रेनले माग्दै आएको टोमहक क्रूज क्षेप्यास्त्र तत्काल उपलब्ध गराउने सम्भावनामा अनिश्चितता प्रकट गरेको बीबीसीले जनाएको छ ।

भेटपछि जेलेन्स्कीले पत्रकारहरूसँग भने, ‘हामीले लामो दूरीका मिसाइलबारे गम्भीर छलफल गरेका थियौँ । तर अमेरिकाले अहिले त्यसबारे सार्वजनिक टिप्पणी नगर्ने निर्णय गरेको छ, ताकि स्थिति थप बिग्रियोस् भन्ने नहोस् ।’

ट्रम्पले भेटपछि सामाजिक सञ्जाल एक्समा लेख्दै किभ र मस्कोलाई ‘जहाँ छन् त्यहीँ रोकिन’ र युद्ध अन्त्य गर्न आग्रह गरे । उनले भने, ‘आशा छ, टोमहकबारे सोच्नुपर्ने अवस्था नै नआओस् । हामी पनि ती हतियारहरू चाहन्छौँ ।’

ट्रम्पले मिसाइल पठाउने विषयलाई ‘स्थिति चर्काउने’ कदम भन्दै सावधानी अपनाउनुपर्ने बताएका छन्, तर उनले यसबारे अझ कुरा गर्ने संकेत पनि दिए ।