ताजा अपडेट
राजनीति

मदनले चुनावी प्रचार गर्न प्रयोग गरेको घर ३४ वर्ष पछि विद्या भण्डारीको सम्पर्क कार्यालय

मदनले चुनावी प्रचार गर्न प्रयोग गरेको घर ३४ वर्ष पछि विद्या भण्डारीको सम्पर्क कार्यालय

काठमाडौं । मदन भण्डारीले २०४८ सालको निर्वाचनको लागि सम्पर्क कार्यालय बनाएको घर ३४ वर्ष पछि विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय खोलिएको छ । मदन भण्डारीको ७५ औँ हीरक जन्मोत्सवको तयारी गर्न सम्पर्क कार्यालय खोलिएको छ ।

मदन भण्डारी फाउन्डेशनले मदन भण्डारीको ७५ औँ जन्मोत्सवको उपलक्ष्यमा हीरक महोत्सव मनाउँदै छ । सोही प्रयोजनका लागि सम्पर्क कार्यालय खोलिएको भनिएको छ । तर पूर्वराष्ट्रपति भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्किने निर्णय गरेपछि उनी निकट नेताहरूले नयाँ बानेश्वरको थापागाउँमा सम्पर्क कार्यालय खोलको छन् । उक्त कार्यालय लिएसँगै भण्डारीको सक्रिय राजनीतिको गतिविधि बढ्न थालेको अर्थमा हेरिएको छ ।

थापागाउँ हाइटमा सम्पर्क कार्यालय खोलेको घर मदन भण्डारीले २०४८ सालको चुनावमा उपयोग गरेका थिए। यो भवन २०४८ सालको चुनावको प्रचारका लागि भण्डारीले प्रयोग गरेका थिए । त्यतिबेला भण्डारीले काठमाडौं– १ बाट कांग्रेस नेता कृष्णप्रसाद भट्टराईलाई पराजित गरेका थिए । संयोग चाहिँ २०५१ सालको चुनावमा विद्या भण्डारीले पनि सोही भवनमार्फत प्रचारप्रसारको काम गरेकी थिइन् ।

हीरक महोत्सवका लागि भाडामा लिइएको भवन पूर्वराष्ट्रपति भण्डारीले उद्घाटन गर्ने चर्चा छ । तर, भण्डारीनिकट नेताहरूमै भने अहिले उक्त भवनको विषयमा दुईधार देखिएको छ । हीरक महोत्सवका लागि आवश्यक भवन भाडामा लिएको विषयलाई पूर्वराष्ट्रपतिसँग जोड्न नहुने एकथरी नेताहरूले बताएका छन् । उनी निकट नेताहरुले घर भाडामा लिएको विषयलाई पूर्वराष्ट्रपतिको सक्रिय राजनीतिसँग जोड्न नमिल्ने बताउछन्। उनले भने, ‘हीरक महोत्सवका गतिविधिका लागि आवश्यक भवन भाडामा लिएको विषयलाई पूर्वराष्ट्रपतिको राजनीतिसँग जोड्न मिल्दैन ।

ती नेताले अहिले गलत प्रचार गर्न खोजिएको दाबी गरे । तर, भण्डारीनिकट अर्कोथरी नेताहरू भने देशभरका कार्यकर्ताहरूको भेट गर्ने थलोको रूपमा उपयोग गर्न उक्त भवन भाडामा लिएको दाबी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…