काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति पौडेललाई भेट्न शुक्रबार बिहान सभामुख घिमिरे शीतलनिवास पुगेका हुन् । भेटमा सभामुख घिमिरेले संसदका सभामुखहरूको जेनेभामा २९ देखि ३१ जुलाईसम्म हुने विश्व सम्मेलनमा नेपालको सहभागिताबारे राष्ट्रपति पौडेललाई जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुन २७ जुलाईमा जेनेभा जाने कार्यक्रम छ । यसअघि बिहीबार साँझ राष्ट्रपति पौडेलले संवैधानिक परिषद् काम, कर्तव्य र अधिकारसम्बन्धी ऐन संशोधन विधेयक प्रतिनिधिसभामा फिर्ता पठाइदिएका थिए ।


प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…