Swornakshar Logo

प्रचण्डले गरे विवादीत व्यक्तिलाई नेपाल दूरसञ्चारको अध्यक्षमा नियुक्त

काठमाडौं । आइतबारको मन्त्री परिषदले भूपेन्द्र भण्डारीलाई नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बनाउने निर्णय ग¥यो ।

उसो त भण्डारी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका सल्लाहकार पनि हुन् । भण्डारी टेलिकम क्षेत्रमा सक्षम कम विवादीत बढी छन् ।

सरकारले देखिदा सबै प्रक्रिया पु¥याएर भण्डारीलाई अध्यक्ष पदमा नियुक्त गर्ने सेटिङ पहिला देखि नै रहेको मन्त्रालय स्रोत नै बताउछ । ‘मन्त्री ज्युका सल्लाहकारलाई नियुक्ति नदिएर अरुलाई दिने कुरै हुदैन थियो । बाहिर देखाउदा आवेदन माग्ने, छनौट गर्ने भन्ने हो भित्र भित्र भण्डारीलाई नियुक्ति दिने तयारी पहिला देखि नै थियो,मन्त्रालय स्रोत भन्छन,‘उहाँको लागि सबै तयारी पुरा गरेर आवेदन मागीएको हो । उहाँलाई पहिला नै सरकारले नियुक्ति गर्न ठिक्क बनाइएका पात्र हुन् । उहाँको लागि भनेर कार्यविधि नै परिवर्तन गरेको थियो । उहाँ नियुक्ति हुनु स्वभाविक थियो ।’
भण्डारीले आवेदन दिनको लागि मन्त्रीको सल्लाहकारबाट २१ माघमा राजीनामा दिएका थिए । उनलाई २०८० असार ५ गतेको मन्त्रिपरिषद बैठकले सञ्चार मन्त्रालयको दूरसञ्चार विज्ञको रूपमा नियुक्त गरेको थियो ।
आइतबारबाट उनलाई सरकारले दूरसञ्चार प्राधिकरणको अध्यक्ष बनाएको छ ।
भण्डारीले उपेन्द्र महतोको बुरुन्डीमा रहेको स्मार्ट मोबाइल कम्पनीको सीईओको रूपमा काम गरेका थिए । बुरुन्डीको स्मार्ट मोबाइल कम्पनी र नेपालमा सञ्चालन भएको स्मार्ट टेलिकमका लगानीकर्ता हुन महतो । महतोको लगानी रहेको स्मार्ट टेलिकममा एनसेलको विवादास्पद शेयर खरिदबिक्री प्रकरणमा जोडिएका सिंगापुरवासी सतीशलाल आचार्य र सचिनलाल आचार्यको पनि शेयर थियो ।

एनसेलको विवादमा जोडिएका व्यक्तिहरुसंग भण्डारी पनि जोडिएका बताइन्छ ।

नेपालमा अहिले एनसेल प्रकरण चर्को रुपमा उठेको छ । एनसेलको विवाद र बदमासी नियमन गर्ने निकाय हो दुरसञ्चार प्राधिकरण । प्राधिकरणको अध्यक्षको जिम्मेवारी पाएका भण्डारीको व्यक्तिगत सम्बन्ध एनसेल विवादमा जोडिएका व्यापारी घरानासँग रहेको बताइन्छ ।

नेपालमा स्मार्ट टेलिकम सन् २००८ मा भित्रीदा भण्डारी बुरुन्डीमा स्मार्ट मोबाइलको सीईओको जिम्मेवारी पाएका थिए । आचार्यले अहिले एनसेलको ८० प्रतिशत शेयर खरिद गरेका छन् ।

नेपाल विद्युत प्राधिकरण मात्र होइन, नेपालका अन्य कानुनसमेत बाइपास गरी आचार्य परिवारले एनसेलको शेर खरिद गरेका थिए । त्यो खरिद प्रक्रियाबार प्राधिकरणसहित संसदीय समितिले पनि प्रश्न उठाएका छन् ।

विवादास्पद खरिदबिक्रीमा मुछिएका आचार्य परिवारको समेत साझेदार रहेका महतोसँग जोडिएका भण्डारी नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बनाएको छ ।
विवादीत व्यक्ति अध्यक्ष बनाएर प्राधिकरणले गर्नु पर्ने काम प्रभावित हुने विज्ञहरु बताउछन् ।