हेटौंडा १८मा प्रहरी चौकीको नवनिर्मित भवनको मुख्यमन्त्री जम्मकट्टेलद्वारा उद्घाटन
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१८ ठुलो दमारमा प्रहरी चौकीको नवनिर्मित भवनको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले उद्घाटन गरे । बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको २ करोड ३५ लाख ८६ हजार रुपैयाँ लागतमा प्रहरी चौकि निर्माण गरिएको हो ।
पहिले निकै समस्या झेल्दै प्रहरी बस्नुपर्ने बाध्यता रहेको यो ठाउँमा भवन बनेपछि अहिले साढे दुइतलाको भवन निर्माण पछि सहज भएको छ ।

कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठ, बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी मगर, हेटौडा उपमहानगरपालिकाका नगर प्रमुख मिना कुमारी लामा, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव ध्रुव गैडा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेढाई, बागमती प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब महानिरिक्षक किरण राणा, हेटौंडा–१८ का वडा अध्यक्ष अनिल बानियाँ, जिल्ला स्थित सरकारी कार्यालयका कार्यालय प्रमुखहरु, सुरक्षा निकायका प्रमुख, राजनैतिक दलका प्रतिनिधीहरु, स्थानिय जनप्रतिनिधीहरु, बिभिन्न संघ संस्थाका प्रतिनिधीहरु, समाजसेवी, शिक्षक, बुद्धिजिवी, पत्रकारहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: