ताजा अपडेट
समाचार

जुम्ला घटनाः बालिका वेपत्ता पार्दा पनि बोली दिने कोहि भएन, मिडियाले हाम्रै खेदो खन्यो

जुम्ला घटनाः बालिका वेपत्ता पार्दा पनि बोली दिने कोहि भएन, मिडियाले हाम्रै खेदो खन्यो

काठमाडौं । केहि दिन देशभरीका संचार माध्याममा अन्र्तरजातिय विवाह गरेको निहँुमा घरमा आगोलगाएको भन्दै समाचार आइरहेका छन् । केहि पार्टीका भातृ संगठनहरु र मिडियाले समाचारमा अन्र्तरजातिय विवाह भन्दै १४ वर्षिया बालिकाको विवाह गराइ दिएको भन्दै बालिकाका घरपरिवारले खेद प्रकट गरेको छन् ।
आज जुम्ला बजारमा पत्रकारसँग भेटघाट कार्यक्रममा यहि असार १२ गतेको घटनाको एक पक्षिय पाटोबाट र बालिकाको नाम राखेर समाचार र विभिन्न संगठनहरुले विज्ञप्ती प्रकाशन गरेको प्रति आपत्ति जनाएका छन् ।

नाबालिकाकी दिदि निशा गिरीले जुम्ला बजारमा बिहिवार पत्रकार भेटघाट गरी घटनाको बारेमा जानकारी गराएकी छन् । उनले पत्रकार भेटघाट गरेकी छन् ।
मेरी बिरामी आमाको लागि औषधी लिन भनी मिति २०८० असार १२ गते दिउसो अन्दाजी ४ बजे समयमा घरबाट हिडेकी बैनी अवेलासम्म घर फर्कि नआए पछि खोजी खवर गर्दा कतै केही थाहा नभए पछि मेरो बुवा र अंकल एैरेनीमा रहेको प्रहरी चौकीमा छोरी हराएकोले खोजी गरिपाउँ भनी पुगेको र प्रहरी भोली आएर निवेदन दिनु भनी भने पछि घर आएका उनले पत्रकसंग बताइन् ।

१३ गते प्रहरी चौकी पुग्दा जिल्लामा गएर निवेदन गर्नु भने र बुवाले छोरी खोजी पाउँ भनी जिल्ला प्रहरी कार्यालयमा निवेदन दिनु भएको निशा गिरीले बताइन् ।
औषधी लिन भनी घरबाट हिडेको १४ वर्षको छोरीको घर नफर्केपछि खोजि गर्यौ । १३ गतेसाझ ७ वजे तिर तातोपानी गाउँपालिका ४ को पाण्डे बाडाको देवदिहारको रुख नजिकै मुकेन्द्र नेपालीले कुटपीट गरेर लछारपछार पारेको त्यही खेलिरहेका बच्चाहरुले भने पछि घटना बाहिर आएको थियो । त्यसबारेमा के हो भनेर खोजी गर्दा आज ८ दिन पुरा भईसक्दा पनि मेरो बहिनीको अवस्था के छ केहि जानकारी नभएको निशा गिरीले बताइन् । उनले भनिन्, ‘यहाँ अन्र्तजातीय बिहे भनेर हल्ला फैलाईएको छ । १४ वर्षको नाबालिकाको विवाह हुन्छ ? विवाह भएको हो भने कहाँ कसले विवाह गराएको हो जानकारी चाहियो ? होइन भने १४ वर्षकि नाबालिको विवाहलाई वैधानिक बनाइरहेका छन् मिडिया र कसैका भातृ संगठन । हामी गरिब र कमजोर भएकाले न्याय नपाउनु पर्ने । बालात्कृत हुनु पर्ने अपहरण हुनु पर्ने हो ?’

पत्रकारहरु आवाज बिहिनहरुको आवाज हो भनेर भनिन्छ । जुम्लामा नाबालिकाको मुद्दालाई अन्र्तजातिय रुप दिएर बैधानिकता पत्रकारले समाचार लेखेर आफूहरुलाई पिडामाथि थप पिडा दिएको बताइन् । उनले भनिन्, ‘हामी जस्ता निमुखाको बारेमा कहिले बुझ्ने ? केहिले पिडितको पक्षमा लेख्नु हुन्छ । तपाईहरुका समाचारले पीडितलाई झन पीडा दिनु भएको छ । एक पटक कम्जोर र गरिवहरुका पीडा पनि बुझि दिन अनुरोध गर्दछौं ।’

यसै घटनालाई जोडेर घर जलाईएको आरोपमा मेरो भाई अहिले प्रहरी हिरासतमा छ । यदी उ बाट त्यस्तो कार्य भएको भए कानुन बमोजिको कारवाही होस तर बालिको न्याय मार्नका लागी अन्र्तजातिय बिवाहको भनिनु कानूनको विरुद्ध रहेको गिरीले बताइन । हामीले कहिले पनि जातिए बिभेदको कुरो नगरेको र कानुनले निषेध गरेको काम आफूहरुबाट हुनपनि नहुने बताइन् ।

‘अपराध मैले गरे पनि अरुले गरे पनि कानुन बमोजिम सबैलाई कारवार्ही हुनु पर्छ । आफ्नाले गरेको अपराध लुकाउन अन्र्तजातिय विवाहको प्रपन्च रचिएका छन,’ उनले भनिन् , ‘हुदै नभएको आरोप लगाएर हल्ला फिजाइएको छ । १, २ वटा मिडियामा आबद्ध पत्रकारहरु बाहेक बाँकी सबै मिडियामा आबद्ध पत्रकारहरुले पिडित को हो भनेर नछुट्उदा हामी जस्ता निमुखाको पक्षको न्याय ओझेलमा परेको महशुस भएको छ । मेरो बहिनी वेपत्ता छ । हामीलाई नै अपराधी बनाइएको छ । यो भन्दा अन्याय के हुन्छ ?’

पत्रकार भेटघाटमा बालिकाकी आमा जयलक्ष्मी गिरीले यो घटनाले आफ्ना घर परिवारमा गहिरो चोट पुगेको बताइन । उनले राजनीतिक दलका भातृ संगठनहरुले निकालेको विज्ञप्तीमा आफ्नो छोरीको नाम सार्वजनिक गरेर , १४ वर्षको बालिकाको विवाह भयो भनेर गोपनीयता भंग गरेको बताइन् । उनले भनिन् , ‘म बिरामी मान्छेले छोरीलाई कुटपीट गरेर लछारपछार पारेको घटना खेलिरहेका बच्चाहरुले बताएपछि व्यहोस भए छु । व्यहोस हुदा नदिमा परेकी रहिछु । तर मललाई छोरीले अन्र्तजाति संग बिहे गरेकाले नदिमा हाम फालेकी भनि गलत्त भ्रम फैलाइएको रहिछ । यो हल्ला जसले फैलाइएको भएपनि गलत्त नियतले फैलाइएको छ ।’

त्यस्तै बालिकाका परिवारले यहि १२ गते साँझको समय देखि बेपत्ता बनाइकी बालिका खोजी कार्य गरिदिन प्रहरी प्रशासन लगायत सरोकारवाला सबैलाई पत्रकार भेटघाट मार्फत अनुरोध गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…