हेटौँडाको बस दुर्घटनाका ५२ घाइतेको पहिचान खुल्यो, एक जना भरतपुर रिफर (नामसहित)
काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११, स्थित नवलपुरमा शुक्रबार दिउँसो बस दुर्घटना हुदा ५२ जना घाइते भएका छन् । बसका घाइते ५२ जनाको पहिचान खुलेको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरमा चितवनबाट जनकपुर जाँदै गरेको ना ६ ख ९८०४ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भएर सडकबाट तल खसेको मकवानपुर प्रहरीले जनाएको छ ।
घाइतेमध्ये ३० जनाको हेटौँडा अस्पताल र २२ जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार गम्भीर घाइते भएका महोत्तरी जलेश्वर नगरपालिका १ बस्ने ३२ वर्षीय राकेश पाण्डेको थप उपचारका लागि भरतपुर रिफर गरिएको छ । प्रहरीका अनुसार उनको टाउकोमा गम्भीर चोट छ ।
यी हुन् हेटौँडा अस्पतालमा उपचाररत घाइतेः
१. मकवानपुर हेटौँडा उ.म.न.पा. १२ कल्याण टार बस्ने वर्ष ३० को हस्त ब. घिमिरे (टाउकोमा चोट, दाहिने हात र ढाडमा भित्र चोट, अवस्था मध्यम)
२. रुपन्देही बुटवल उ.म.न.पा. ७ बस्ने वर्ष ५० को मोहन गुरूङ (बायाँ घुँडामा काटेको, अवस्था मध्यम)
३. निजकै श्रीमती वर्ष ४० की धनकुमारी गुरुङ (छातीमा भित्री चोट, अवस्था मध्यम)
४. सर्लाही बरथवा न.पा. ७ बस्ने वर्ष ७० को शुभकान्त मिश्र (टाउको, कानमा चोट, अवस्था मध्यम)
५. महोत्तरी बलवा न.पा. ५ बस्ने वर्ष ७२ को हितलाल बैठा (बायाँ कुममा चोट, अवस्था मध्यम)
६. महोतरी बलवा न.पा ५ बस्ने निजको छोरा वर्ष २४ को ज्ञान कुमार बैठा (टाउकोमा चोट, अवस्था मध्यम)
७. बारा कोल्हबी न.पा.५ सखुवा टोल बस्ने वर्ष ३८ को सारदा संकर चौधरी (घुडामा भित्री चोट, अवस्था सामान्य)
८. रौतहट बिन्द्रावन न.पा. ४ सखुवा बस्ने वर्ष ३२ को संजय पटेल (हात र कम्मरमा चोट, अवस्था मध्यम)
९. सिन्धुली तिनपाटन गा.पा. ८ छरछरे बस्ने वर्ष ७३ को कृष्ण बहादुर बैजु (टाउको छातीमा चोट, अवस्था मध्यम)
१०. निजकै भतिज वर्ष ३० को जोकेन्द्र बैजु (हातमा चोट, सामान्य)
११. चितवन भरतपुर म.न.पा. १२ गोल बजार बस्ने वर्ष ७४ को राजेन्द्र प्रसाद चापागाईं (छातीमा भित्री चोट, अवस्था मध्यम)
१२. रौतहट कटहरिया न.पा.३ बस्ने वर्ष ३५ को संजय यादव (खुट्टा र पेटमा चोट अवस्था मध्यम)
१३. रौतहट कटहरिया न.पा. ३ बस्ने वर्ष २२ को धर्बेन्द्र यादव (टाउको र हातमा चोट, अवस्था मध्यम)
१४. रौतहट कटहरिया न.पा. ३ बस्ने वर्ष ४० को उपेन्द्र यादव (टाउकोमा चोट, अवस्था मध्यम)
१५. सर्लाही बागमती न.पा. ११ पुतली चोक बस्ने वर्ष ४५ को मान बहादुर थीङ (हातमा चोट, अवस्था मध्यम)
१६. सर्लाही बागमती न.पा. ११ बस्ने वर्ष ४५ की हरिमाया थिङ (ढाडमा चोट, अवस्था मध्यम)
१७। सर्लाही लालबन्दी न.पा. २ जुटपानी बस्ने वर्ष ५० को मान बहादुर घिसिङ (टाउकोमा चोट, अवस्था मध्यम)
१८. रौतहट चपुर न.पा. ९ सन्तपुर बस्ने वर्ष २८ की मन्जु महतो (गालामा चोट, अवस्था सामान्य)
१९. निजको छोरा वर्ष ७ को एडिसन चौधरी (अवस्था सामान्य)
२०. रौतहट बिन्द्राबन न.पा. ४ बस्ने वर्ष ३३ को राजेस माली (ढाडमा चोट, अवस्था मध्यम)
२१. पर्सा वीरगञ्ज म.न.पा. १६ नगुवा बस्ने वर्ष १९ को राहुल यादव (ओठ र ढाडमामा चोट, अवस्था मध्यम)
२२. महोत्तरी भङहा न।पा। १ सर्लाही गाउँ बस्ने वर्ष ३० की ननिता देबी राज (कोखामा चोट)
२३. सुनसरी रामधुनी न.पा. ९ मरचैया बस्ने वर्ष २३ की कविता चौधरी (घुडामा चोट, अवस्था मध्यम)
२४. निजकी छोरी वर्ष ३० की दिबियांका चौधरी (अवस्था सामान्य)
२५. सर्लाही कवलासी न.पा. ४ हेम्पो बस्ने वर्ष ५५ को चेतन यादव (ढाडमा चोट, अवस्था मध्यम)
२६. सर्लाही कवलासी न.पा.४ बस्ने वर्ष ४० को लालबाबु राय (टाउकोमा चोट, अवस्था मध्यम)
२७. सर्लाही कवलासी न.पा. ४ बस्ने वर्ष ३५को फेकुरा यादव (टाउकोमा चोट, अवस्था मध्यम)
२८. सर्लाही कवलासी न.पा. ४ बस्ने वर्ष ३० को रमेशकुमार यादव (तिघ्रामा चोट, अवस्था मध्यम)
२९. काठमाडौं म.न.पा. बल्खु. बस्ने वर्ष ६९ को हरिहर सापकोटा (तिघ्रामा चोट, अवस्था मध्यम)
३०. काठमाडौं बस्ने निजकै श्रीमती वर्ष ६४ की धनलक्ष्मी शिवाकोटी सापकोटा (कुममा चोट, अवस्था मध्यम)
यी हुन् चुरेहिल अस्पतालमा उपचारत घाइतेः
१. महोत्तरी जलेश्वर न.पा. १ बस्ने वर्ष ३२ को राकेश पाण्डे (टाउकोमा चोट, अवस्था गम्भीर, भरतपुर रिफर भएको)
२. मकवानपुर हेटौँडा ३ बर्सामाडी बस्ने वर्ष ३५ को विनोद कुमार मिश्र (अवस्था मध्यम)
३। पर्सा वीरगञ्ज म.न.पा. ८ बस्ने वर्ष ४७ को दिपककुमार कलुवार (अवस्था मध्यम)
४. नवलपुर गैंडाकोट ७ बस्ने वर्ष ३० को केश बहादुर कुमाल (अवस्था सामान्य)
५. नवलपुर गैंडाकोट बस्ने निजको श्रीमती वर्ष २७ की बिनु कुमाल (अवस्था सामान्य)
६. रौतहत बिश्रामपुर न.पा. ४ बस्ने वर्ष २५ को दिनेश पटेल (अवस्था सामान्य)
७. रौतहट बिश्रामपुर बस्ने वर्ष ३७ को बिबेक पटेल (अवस्था सामन्य)
८. सर्लाही हरिवन न.पा. १ बस्ने वर्ष २८ को बिरेन्द्र महतो (अवस्था सामान्य)
९. सर्लाही पसाहा गा.पा. ५ बस्नर वर्ष २० को चन्दन महतो (अवस्था सामान्य)
१०. रौतहट बृद्राबन न.पा. ४ बस्ने वर्ष ३८ को हरेन्द्र राउत कुर्मी (अवस्था सामान्य)
११. सप्तरी राजबिराज १ बस्ने वर्ष २४ को सिनु कुमार राम (अवस्था सामान्य)
१२. मकवानपुर मनहरी गा.पा. ९ बस्ने वर्ष २८ को हन्ना गोले (अवस्था सामान्य)
१३. निजको छोरा वर्ष ३ को सहन मोक्तान (अवस्था सामन्य)
१४. चितवन माडी न.पा. ३ बस्ने वर्ष २२ को रुपेन्द्र पादे (अवस्था सामान्य)
१५. भोजपुर साउता गा.पा. ३ बस्ने वर्ष २८ को समित तामाङ (अवस्था सामान्य)
१६. काठमाडौं म.न.पा. ४ टोखा बस्ने वर्ष २२ को निश्चल वन्जाडे (अवस्था सामान्य)
१७. सिन्धुली मरिण गा.पा. ३ बस्ने वर्ष ४० को पदम ब. मोक्तान (अवस्था समान्य)
१८. सिन्धुली बस्ने वर्ष २० को अमर तामाङ (अवस्था सामान्य)
१९. सिन्धुली मरिण बस्ने वर्ष १८ सरोज मोक्तान (अवस्था सामान्य)
२०. बारा सुवर्ण गा.पा. ४ बस्ने वर्ष २१ को उपेन्द्र यादव (अवस्था सामान्य)
२१. सर्लाही बरहथवा न.पा. ७ बस्ने वर्ष ३८ को अवदेश मिश्र (अवस्था सामान्य)
२२. रौतहट चन्द्रपुर न.पा. २ बस्ने वर्ष ४० की लक्ष्मी साह (अवस्था मध्यम)

प्रतिक्रिया दिनुहोस्: