सुदूरपश्चिमका आन्तरिक मामिला मन्त्री सिंहको निधन
काठमाडौं । सवारी दुर्घटनामा गम्भीर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचाका क्रममा उनको निधन भएको हो ।
मेडिकल कलेजले विज्ञप्ती निकाललेर उपचारका क्रममा सिंहको निधन भएको बताएको छ। उपचारमा संलग्न डाक्टरका अनुसार सिंहको मंगलबार साँझ ५ बजेर ३३ मिनेटमा मृत्यु भएको हो ।
मंगलबार दिउँसो मन्त्री सवार सुदूरपश्चिम प्रदेश–०१–००१ झ ४८० नम्बरको जिप बझाङको केदारस्यु गाउँपालिका–१ नयाँ गाउँमा दुर्घटना भएको थियो । दुर्घटनापछि मन्त्री सिंहलाई उपचारका लागी बाँकेको कोहलपुर ल्याइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो ।
दुर्घटनामा परेकी मन्त्री पत्नी अमृता सिंहको घटनास्थलमा नै मृत्यु भएको छ । मन्त्रीका भाउजु जयादेवी सिंहको पनि घटनास्थलमा नै मृत्यु भएको छ । जिप चालक ३५ वर्षीय धर्मराज जोशी र मन्त्रीको निजी सुरक्षा अधिकृत (पिएसओ)को नेपालगन्ज मेडिकल कलेजमा उपचार हुँदै छ । उनीहरुको अवस्था स्थिर छ ।


प्रतिक्रिया दिनुहोस्: