Bagmati Samachar Logo

समाजवादी मोर्चाबाट कोहि तर्सिनु पर्दैन : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चाबाट कोहि पनि नतर्सिनु पर्ने बताएका छन् । ओलीप्रति सङ्केत गर्दै उनले केही दिनदेखि मिडियामा बरबराउन थालेको भन्दै मोर्चासँग तर्सिनु नपर्ने बताएका हुन् । सोमबार काठमाडौँको राष्ट्रियसभा गृहमा आयोजित ‘समाजवादी मोर्चा, नेपाल’ घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष यादवले मोर्चा कसैका विरुद्ध लक्षित नरहेको पटकपटक दोहोर्याए ।

जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि मोर्चा बनाउनुको कारण बारे प्रष्ट पारेका थिए । यादवले नेपालको संविधान नै अपूर्ण रहेकाले संशोधन गर्नु पर्ने कुरा बताए । उनले भने,‘संविधानले अपनत्व लिन सकेकोा छैन । यसलाई संशोधन गर्नु पर्छ । आफ्नै देशका नागरिकलाई नागरिकता नदिने देश नेपाल बनेको छ । यो समस्या समाधान हुनु पर्छ ।’

अहिले पनि धेरै नागरिकले परिवर्तनको अनुभूति गर्न नसकेको भन्दै असन्तुष्टि पोखेका थिए ।
समाजवादी मोर्चा प्रति आफू ढुक्क भएपनि आशंका जन्मेकाले व्यवहारले पुष्टि गर्नु पर्ने पनि यादवको भनाइ थियो ।