Swornakshar Logo

लुम्बिनी सरकारले ल्यायो ४० अर्ब ४७ करोडको बजेट (पूर्ण पाठ)

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको छ ।

आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले शुक्रबार प्रदेशसभा बैठकमा बजेट पेस गर्दै आगामी आर्थिक वर्षका ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँ विनियोजन गरेको बताएका हुन् ।

चालुतर्फ १५ अर्ब ६३ करोड ३० लाख ९९ हजार र पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख १ हजार रुपैयाँ विनियोजना गरिएको छ । यस्तै, स्थानीय तहका लागि वित्तीय हस्तान्तरणमार्फत् ३ अर्ब ५८ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यस्तै, मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम सञ्चालन गर्न १ अर्ब बजेट विनियोजन गरिएको छ । यसैगरी, सरकारले २ वर्षमा २ लाख बेरोजगारलाई रोजगारी दिने गरी मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम अघि सारेको छ । यो कार्यक्रम सरकारी, निजी, गैरसरकारी संस्था र विकास साझेदारसँगको सहकार्यमा मुख्यमन्त्री आर्थिक विकास कोष स्थापना गरी सञ्चालन गर्ने अर्थमन्त्री मास्कीले बताए ।

त्यस्तै, सरकारले मुख्यमन्त्री नवप्रवर्द्धन कार्यक्रम पनि अघि सारेको छ । रोजगारी सिर्जना साना र मझौला उद्यमको विकास गर्न सरकारले २ करोड रुपैयाँ विनियोजन गरेको छ । अघिल्लो सरकारले ल्याएको स्मार्ट कृषि कार्यक्रमलाई निरन्तरता दिँदै १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

कृषिमा यान्त्रिकीकरण र आधुनिकीकरण गर्दै मूल्य शृंखलामा आधारित बजारीकरणको व्यवस्था गर्ने योजना अघि सारेको छ ।

Ba