Bagmati Samachar Logo

पाल्पामा जिप दुर्घटना स् ३ जनाको मृत्यु, १५ घाइते

काठमाडौं । पाल्पाको रैनादेवी छहरा गाउँपालिका वार्ड ६मा जिप दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ । दुर्घटना रैनादेवी छहरा गाउँपालिकाको चिल्ले भेडा भन्ने ठाउँमा भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी वीरेन्द्र थापाका अनुसार दुर्घटनामा १५ जना घाइते भएका छन् । स्थानीय र प्रहरीले घाइतेको उद्धार गरेको छ ।

प्रहरीका अनुसार मृतकको शव पोष्टमर्टमका लागि बुटवल पठाएको छ । मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।