Swornakshar Logo

मोदीजीले छिमेकीलाई प्राथमिकतामा राखेकामा खुसी छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समकक्षी नरेन्द्र मोदीले छिमेकीलाई प्राथमिकतामा राखेकोमा खुसी व्यक्त गरेका छन्।

चार दिने भारत भ्रमणका क्रमम दिल्लीमा बिहीबार आयोजित संयुक्त पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन्।

‘मोदीजीले छिमेकीलाई पहिलो प्राथमिकतामा राखेकामा खुसी छु’, उनले भने, ‘नेपालसँग हाइड्रो पावर डेभलपमेन्ट, पावर ट्रेड र क्रस बोर्डर ट्रान्समिसन लाइन आदिमा लङ ट्रम ट्रेड भएको छ। यो महत्वपूर्ण विकास हो। दुई देशबीच यो महत्वपूर्ण सम्झौता हो।’

दाहालले पञ्चेश्वरको डीपीआर पनि तीन महिनमा बनाउने कुरामा भारत तयार भएको भन्दै खुसी व्यक्त गरे। उनले टनकपुर ब्यारेजबाट सिँचाइका लागि पानी आउने पनि विश्वास गरे।

‘नेपाली क्षेत्रका लागि यो महत्वपूर्ण हो। मोदीजी र मैले पानीको श्रोत सिँचाइमा लगाउन पनि कुरा गरेका छौँ। बाढी नियन्त्रणका लागि पनि कुरा भएको छ’, उनले भने, ‘हामीबीच डुबान रोक्न संयुक्त सहकार्य चाहिएको छ।’