Swornakshar Logo

स्वीच थिचेर प्रधानमन्त्री प्रचण्ड र मोदीले उद्घाटन गरे नेपालगञ्ज सुक्खा बन्दरगाह

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले नेपालगञ्ज सुक्खा बन्दरगाहको उद्घाटन गरेका छन् ।

बिहीबार हैदराबाद हाउसमा भएको भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीले संयुक्त रूपमा नेपालगञ्ज सुक्खा बन्दरगाहको उद्घाटन गरेका हुन् । भारत सरकारको सहयोगमा नेपालगञ्ज सुक्खा बन्दरगाहको निर्माण हुने भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीले स्वीच थिचेर उद्घाटन गरेपछि भारततर्फबाट नेपाल आएका कन्टेनर नेपाली सुक्खा बन्दरगाहमा प्रवेश गरेका थिए ।