Swornakshar Logo

हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

नयाँदिल्लीको हैदरावाद हाउसमा दुई देशका प्रधानमन्त्रीबीच अहिले भेटवार्ता चलिरहेको छ ।

द्विपक्षीय वार्तापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुनुअघि प्रधानमन्त्री प्रचण्ड राजघाटस्थित महात्मा गान्धीको समाधीस्थल पुगेर पुष्पगुच्छा अर्पण गरेका थिए ।
त्यसक्रममा उनले आगन्तुक पुस्तिकामा गन्धीप्रति श्रद्धाञ्जली प्रकट गरेका थिए । प्रधानमन्त्री प्रचण्ड मोदीसँगको भेटवार्ताका लागि हैदराबाद पुग्दा कारगेटसहित पुगेका थिए ।