काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि ७ जेठ देखि संसदमा छलफल चलिरहेको छ। आज (सोमबार) दोस्रो दिनको छलछफलमा नेकपा एमालेका सांसद योगेश भट्टराईले कुनैपनि सरकारी दस्तावेजहरूमा ‘जनयुद्ध’ शब्द प्रयोग नभएको दाबी गर्दै पहिलोटक राष्ट्रपतिलाई उक्त शब्द वाचन गर्न लगाइएको बताएका छन्। नीति तथा कार्यक्रममा ‘जनयुद्ध’ शब्द राखिएपछि भट्टराईको आपत्ति थियो ।
गत ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। नीति तथा कार्यक्रमको पहिलो बुँदामा ‘जनयुद्ध’ शब्द राखेको छ ।
एमाले सांसद भट्टराईले गरेको सो आपत्तिको खण्डन गर्दै नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले प्रतिप्रश्न गरेका छन्।
‘भर्खरै बोल्ने माननीयले जनयुद्धको बारेमा केही विषय उठाएर जानुभयो। माननीयजीलाई एक पटक डिक्सनरी पल्टाएर हेर्न अनुरोध गर्दछु,,’ उनले जवाफ दिँदै भने, ‘त्यो माछा युद्ध थियो, भालु युद्ध थियो ? जंगलका अर्नाहरु लडेका थिए ? कि रुख, ढुंगाहरु लडेका थिए ?’
साथै, उनले सांसद भट्टराईलाई डिक्सनरी पल्टाएर हेर्न समेत आग्रह गरे।
पौडेलले भट्टराईलाई भने, ‘माननीय डिक्सनरी पल्टाएर हेर्नुहोला, मानिसले लडेको युद्धलाई कि जनआन्दोलन भनिन्छ कि जनयुद्ध भनिन्छ ?’
एमाले सांसद भट्टराईले नेपाली कांग्रेसले पनि ‘जनयुद्ध’ शब्द स्वीकार गरेको हो ? भन्दै प्रश्न गरेका थिए।
उनले भनेका छन्, ‘दि यो १ नम्बर बुँदा कांग्रेसले स्वीकार्छ भने मलाई लाग्छ कि इन्ड अफ द हिस्ट्री कांग्रेसकै इन्ड अफ द हिस्ट्री हो।’











प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…