हेटौंडा । बागमती प्रदेशमा नवनियुक्त ६ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधाननको धारा १६८ को उपधारा ९९० बमोजिम ६ जना मन्त्री नियुक्त गरेसँगै बागमतीको १२ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । शपग ग्रहणसँगै मन्त्री परिषदले पनि पूर्णता पाएको छ ।
जसअनुसार बहादुर सिंह लामा मन्त्रिपरिषद्को दोस्रो वरीयतासहित आर्थिक मामिला तथा योजनामन्त्री बनेका छन् । यस्तै गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुनमन्त्री बन्दा कुमारी मोक्तान सामाजिक विकास, युवराज दुलाल भौतिक पूर्वाधार विकासमन्त्री बनेका छन् ।
यस्तै तीर्थ बहादुर लामा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री बन्दा रामकृष्ण चित्रकारको भने पछि जिम्मेवारी तोकिनेछ ।
यस्तै डा. राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपन्छी विकास मन्त्री बन्दा, लक्ष्मण लम्साल श्रम रोजगार तथा यातायात, पुकार महर्जन पर्यटन, उद्योग तथा सकारी, उत्तम जोशी स्वास्थ्य र मनिसा खड्का वन तथा वातावरण मन्त्री बनेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
कांग्रेस प्रदेश संसदीय दलका उपनेता समेत रहेका रामकृष्ण चित्रकारको भने मन्त्रालय तोकिएको छैन । दलहरूबीच छलफल गरी केहि दिनमै आफूले पाउने मन्त्रालयको टुंगो लाग्ने चित्रकारले बताए।
बागमतीमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रो पटक विश्वासको मत पाएको दुई महिनापछि सरकारले पूर्णता पाएको हो।











प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…