Bagmati Samachar Logo

बागमतीका ६ मन्त्रीले शपथ लिएसंगै मन्त्रीपरिषदले पायो पूर्णता

हेटौंडा । बागमती प्रदेशमा नवनियुक्त ६ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधाननको धारा १६८ को उपधारा ९९० बमोजिम ६ जना मन्त्री नियुक्त गरेसँगै बागमतीको १२ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । शपग ग्रहणसँगै मन्त्री परिषदले पनि पूर्णता पाएको छ ।

जसअनुसार बहादुर सिंह लामा मन्त्रिपरिषद्को दोस्रो वरीयतासहित आर्थिक मामिला तथा योजनामन्त्री बनेका छन् । यस्तै गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुनमन्त्री बन्दा कुमारी मोक्तान सामाजिक विकास, युवराज दुलाल भौतिक पूर्वाधार विकासमन्त्री बनेका छन् ।

यस्तै तीर्थ बहादुर लामा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री बन्दा रामकृष्ण चित्रकारको भने पछि जिम्मेवारी तोकिनेछ ।

यस्तै डा. राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपन्छी विकास मन्त्री बन्दा, लक्ष्मण लम्साल श्रम रोजगार तथा यातायात, पुकार महर्जन पर्यटन, उद्योग तथा सकारी, उत्तम जोशी स्वास्थ्य र मनिसा खड्का वन तथा वातावरण मन्त्री बनेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

कांग्रेस प्रदेश संसदीय दलका उपनेता समेत रहेका रामकृष्ण चित्रकारको भने मन्त्रालय तोकिएको छैन । दलहरूबीच छलफल गरी केहि दिनमै आफूले पाउने मन्त्रालयको टुंगो लाग्ने चित्रकारले बताए।

बागमतीमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रो पटक विश्वासको मत पाएको दुई महिनापछि सरकारले पूर्णता पाएको हो।