ताजा अपडेट
अन्तर्राष्ट्रिय राजनीति

बेलायतका राजा चार्ल्स तृतीयले लगाए राजमुकुट (तस्बिरहरू)

बेलायतका राजा चार्ल्स तृतीयले लगाए राजमुकुट (तस्बिरहरू)

एजेन्सी

काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीय र रानी क्यामिलियाले राज्याभिषेकमा राजमुकुट पहिरिएका छन्।

शनिबार वेष्टमिनिस्टर एबीमा आयोजित राज्याभिषेक कार्यक्रममा उनीहरूलाई राजमुकुट लगाइदिइएको हो।

उक्त कार्यक्रममा राजा चार्ल्सले उनका हजुरबुवाको क्रिमशन भेल्भेट रोब पहिरिएका थिए।

राजमुकुट लगाइदिनु अघि उनले शपथ लिएका थिए भने पवित्र तेलले अभिषेक गरिएको थियो। त्यसपछि रानी क्यामिलियालाई पनि सोही प्रक्रियाबाट रानी मेरीको राजमुकुट लगाइएको थियो।

कार्यक्रममा राजपरिवार, विभिन्न देशका नेता, सेलिब्रिटीलगायत २ हजार २०० मानिसहरू सहभागी थिए।

त्यसपछि उनीहरू बकिङ्हम प्यालेस फर्किने कार्यक्रम छ। उनीहरू फर्किएको हेर्न हजारौं मानिसको भीड समेत लागेको बिबिसीले जनाएको छ।

उनीहरूले पछि प्यालेसको बाल्कोनीबाट सम्बोधन गर्ने बताइएको छ।

तस्बिरहरू

तस्बिर बिबिसी

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…