Bagmati Samachar Logo

वैद्य नेतृत्वको माओवादी र बास्तोला नेतृत्वको बहुमतबीच एकता प्रक्रिया टुंङगीयो, पार्टीको नाम क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल

काठमाडौँ । मोहन वैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोलाले नेतृत्वको नेकपा बहुमत पार्टीबीच एकता प्रक्रिया टुंङगीएको छ ।

पार्टी एकता पछि पार्टीको नाम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रहने छ । पार्टी संयोजक वैद्य रहने संयुक्त अधिवेशनले निर्णय गरेको धमेन्द्र बास्तोलाले जानकारी दिए । आजको अधिवेशनबाट पार्टीको नाम, संयोजक, प्रवक्ता , कार्यलय टिम, र सचिवालय टुङगेको छ । त्यस्तै पार्टी प्रवक्ता बास्तोला रहने छन् ।

अधिवेशनले २६० सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक समिती बनाइएको । एक वर्षभित्र एकता महाधिवेशन गर्ने निर्णय भएको बास्तोलाले जानकारी दिए ।

पार्टी एकताका लागि अन्तरिम विधान र दस्तावेज पनि अधिवेशनले पारित गरेको छ । पार्टी एकताको घोषणा वैशाख १८ गते मजदुर दिवसका दिन हुने छ ।

२०६९ सालमा असार २ गते प्रचण्ड नेतृत्वको नेकपा एकीकृत माओवादी पार्टीबाट अलग भई वैदको नेतृत्वमा नेकपा– माओवादी गठन भएको थियो । पहिलो पटक माओवादी विभाजन भएको थियो । उक्त विभाजन भएको तीन वर्षमै वैद्य नेतृत्वबाट अलग भएर नेत्रविक्रम चन्द विप्लवले आफ्नो नेतृत्वमा नेकपा गठन गरेका थिए । गत वर्ष वैशाखमा विप्लव नेतृत्वको पार्टीबाट बास्तोला र हेमन्त प्रकाश वली लगायतको नेतृत्वको टिम विभाजन भई बास्तोलाको नेतृत्वमा नेकपा बहुमत गठन गरेका हुन् । यी दुवै पार्टीका पनि अलग भएको ११ वर्षपछि एकता भएका हो । अहिले वैद्य समुहबाट ८ र बास्तोला समुहबाट ७ जनाको कार्यलय टिम बनाएको छ । तर वैद्य समुहबाट एक जना थप्न बाँकि रहेको छन् । कसलाई थप्ने भन्ने विषयमा विवाद भएपछि एक जनाको नाम रिक्त रहेको छ ।
यस्तो छ कार्यलय टिम

१.मोहन वैद्य किरण
२. सिपी गजुरेल
३.रामसिं श्रीस
४.हरिभक्त कडेंल
५.परि थापा
६. इन्द्रमोहन सिगदेल
७. सिताराम तामाग
८. धमेन्द्र बास्तोला
९.हेममन्त प्रकाश वली
१०.उदयबहादुर चलाउने दिपक
११.गुणराज लोहनी
१२.कृष्ण धमला
१३.बाबुराम गजमेर
१४. निर्मल राई
१५ वैद्य बाट एक जना थप्ने

पवनमान श्रैष्ठ , दिनेश शर्मा,चन्द्रहरी सुवेदी अटल, न्युकिलियसबाट आएका एक जनामध्ये कार्यलय सदस्य बनाउने भन्ने विषयमा वैद्य समुहमा विवाद हुदा एक सिट रिक्त राखेको स्रोतले बताए ।

माओवादीहरु पछिल्लो समयमा धुब्रिकरण हुन थालेका छन् । ०५२ सालमा जनयुद्ध सुरु गर्दा एक माओवादी पार्टी थियो भने शान्ति प्रक्रियामा आएपछि विभाजन भएर धेरै पार्टी बनेका थिए । पुन एकता प्रक्रिया सुरु गरेका छन् नेकपा स्थापनाको दिन विप्लव नेतृत्वको नेकपा र इन्द्रजित बुढाथोकी नेतृत्वको पार्टीबीच एकता भएको थियो ।