लुम्बिनीमा १६८ (२) बमोजिम सरकार गठन गर्न आह्वान
काठमाडौं । लुम्बिनी प्रदेशमा नेपालको संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन दाबी पेस गर्न प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेका छन् ।
उनले सरकार गठन दाबी गर्न १४ वैशाख दिउँसो ४ बजेसम्मको समय दिएका छन् ।
प्रदेशको समग्र हितलाई मध्यनजर गरी लामो समय झुलाउन नहुने भन्दै १६८ (२) बमोजिम सरकार गठन दाबी गर्न आह्वान गरेको विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।



प्रतिक्रिया दिनुहोस्: