उपनिर्वाचन : मिनि जनमत, सरकार र पार्टीमा असर पार्ने छ
काठमाडौं । आज देशका तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको छ । तीनवटा निर्वाचन क्षेत्र मध्ये दुई वटाको निर्वाचन क्षेत्रमा केहि नयाँ अनुहार छन् । चितवनमा पुरानै अनुहार अथवा मंसिरमा जितेर आएका तर आफ्नै गल्तीका कारण पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने ।
यो उपनिर्वाचन पनि धेरै महत्वपूर्ण भएको छ । नयाँ उदाएका दलहरुलाई र पुराना दलहरुलाई यो उपनिर्वाचनले महत्वपूर्ण सन्देश दिने छ । यो निर्वाचनका तीनवटै क्षेत्रमा दुई पक्ष भिडन्त बढी देखिएको छ । तनहँुमा कांग्रेस र रास्वपा प्रतिस्पर्धा छ । चितवनमा पनि रास्वपा र कांग्रेसको प्रतिस्पर्धा छ । बारामा पनि जसपा र जनमतबीच प्रतिस्पर्धा छ ।
उपनिर्वाचन अवसर र चुनौति
यो उपनिर्वाचन राजनीतिक दलहरुलाई अवसर र चुनौति दुबै छ । सत्तागठबन्धनबाट दुई क्षेत्रमा कांग्रेस र एक क्षेत्रमा जसपा चुनावी प्रतिस्पर्धामा छ ।
तीनवटा निर्वाचन क्षेत्रमा मंसिर ४ कै नतिजा दोहरीएमा राजनीतिक रुपमाा खासै भिन्नता हुदैन । मतदाताहरुमा खासै परिवर्तन भएको मान्न सकिदैन । तर तीनवटै निर्वाचन क्षेत्रमा मंसिरको भन्दा फरक मतपरिणाम आएमा त्यहि अनसार राजनीति कोर्षमा पनि केहि भिन्नता आउन सक्छ ।
यी तीनवटा निर्वाचन क्षेत्रबाट मंसिरमा भएको निर्वाचनमा तनहुँ १ बाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल विजयी भएका थिए । चितवन २ बाट रास्वपाका रवि लामिछाने र बारा २ बाट जसपाका रामसाय प्रसाद यादव विजयी भएका थिए ।
पौडेल राष्ट्रपति चयन भए । यादव उपराष्ट्रपति चयन भए । रविले नागरिकता विवादका कारण एकै दिन तीन पद गुमाएका थिए । जसमा सांसद पद पनि थियो । आज उपनिर्वाचन भएको छ ।
रवि नेतृत्वको रास्वपाले तीनवटै निर्वाचनमा उम्मेदवार उठाएको छ । चितवनबाट रवि , तनहुँबाट स्वर्णिम वाग्ले र बाराबाट रमेश खरेल रास्वपाका उम्मेदवार हुन् ।
यदि चितवन र तनहुँमा रास्वपाले जितेमा नयाँ दल प्रतिको आक्रोसको निरन्तरता हुने छ । यो निर्वाचनमा रास्वपापनि आक्रामक तरिकाले चुनावी मैदानमा उत्रेको छ । यदि रास्वपाले चितवन र तनहुँ जितेमा कांग्रेसले यो उपनिर्वाचनबाट एक सिट गुमाउने छ । जसमा दल भन्दा पनि व्यक्ति प्रति मतदाता प्रतिको आर्कषण देखिन्छ । चुनाव भन्दा केहि समय पहिला मात्र कांग्रेस छोडेर रास्वपा प्रवेश गरेका वाग्लेका लागि पनि यो चुनाव टर्निङप्वाइन्ट हुने छ ।
कांग्रेसबाट अवसर लिदै रहेका वाग्ले चुनावमा टिकट नपाएको झोकमा नै कांग्रेस सभापति शेरबहादुर देउवा र सांसद आरजु देउवालाई नानाथरि आरोप लगाएर रास्वपाको ढोकामा पुगेका हुन् । चुनावमा पनि पराजित भएमा दललाई मात्र होइन उम्मेदवारलाई पनि मतदाताले प्रगेल्छन् भन्ने देखिने छ । अर्को एक जना करिश्माई पात्रले सबै पार्टी धान्न एक पटक सकिन्छ सधै सकिदैन भन्ने सन्देश दिने छ । यदि रविले चितवनमा तिजे वाग्लेले तनहुँमा पराजय भोगेमा रविको छविले चितवनमा मात्र काम गर्ने अन्य निर्वाचन क्षेत्रमा काम नगर्ने सन्देश मतदाताले दिने छन् ।
मतदाता आफ्नो सुख दुखमा काम लाग्ने उम्मेदवार खोज्छन् । अर्को क्षेत्रबाट आएको जति विद्धान भनिएको भएपनि उनले विश्वास नगरेको हुने छ । यदि वाग्ले हारेमा भरखर उदाएको पार्टीको आउदो चुनावमा के हुने हो हुने हो केहि गन्तव्य नहुन सक्छ । अथवा त्यसको भविश्य के हो भन्ने नै निश्चित हुन सकेको छैन । त्यसैमा तनहुँ हारेपछि न त विद्धानको चमत्कारी छवि काम गर्ने छ नत नयाँ दल नै अवको विकल्प हो भन्ने मानकले नै काम नगरेको देखिने छ ।
वाग्लेले चुनाव हारेमा उनको परिक्षण गर्ने ठाउँ हुने छैन । उनको स्वभाव धेरै अस्थिर रहेको कांग्रेस नेताहरु बताउछन् । हारेमा उनको गन्तव्य विदेश पलायन हुने कि यहि आदो पाँच वर्ष कुर्ने । पाँच वर्ष कुरेपनि रास्वपाको भविश्य के हो केहि अत्तोपत्तो छैन । कांग्रेसमा भएको भए छ आउदो चुनावमा उनी राम्रो अवसर पाउन सक्थे । संसदीय राजनीतिको चुनावी मैदानमा उत्रेको पहिलो पटक नै असफलता हात लागेमा उनको राजनीति भविश्य नै धरापमा नपर्ने विश्लेषक नरेन्द्रजंग पिटर बताउछन् । उनले भने,‘वाग्ले प्रायोजित मानिस हुन् । उनले हार्दा पनि केहि हुदैन । जित्दा पनि केहि हुदैन । उनी कति विद्धान हुन भन्ने कुरा योजना आयोगबाट नै थाह भएको छ । के परिवर्तन आयो नेपालीको जिवनमा उनी आयोगको उपाध्यक्ष हुदा । अहिले पनि केहि हुदैन । रविको सत्ता बाग्रेनिङ बढ्नु बाहेक ।’
यदि वाग्लेले जितेमा रास्वपाको संसदमा एक सिटमात्र बढ्ने छैन । शक्ति बढ्ने छ । त्यो शक्तिले अहिलेको सत्ता गठबन्धन र एमालेसँठ बाग्रेनिङ गर्ने पावर बढ्ने लेखक तथा राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटर बताउछन् । उनले भने,‘बारमा रास्वपा जित्छ जस्तो लाग्दैन । चितवन र तनहुँ जितेमा सत्तामा जान रविजीलाई सहज हुने छ । उनी आफूबाहेक अरुलाई सत्तामा पठाउदैनन् । उनको नट फर अगेन भन्ने नारा फेल भइसकेको छ । तर उनी सत्ताको वरिपरि हुने छन् ।’
कांग्रेसले तनहुँमा हारेमा सबै भन्दा बढी प्रश्न कांग्रेस महामन्त्री गगनकुमार थापामाथि उठ्ने छ । थापाले मंसिरमा भएको निर्वाचनमा वाग्लेलाई आफ्नो निर्वाचन छोड्ने योजना बनाएको बताइन्छ । जसका कारण चुनावप्रति वाग्लेको लगावमा गगनले मलजल गरेको आरोप लाग्न थालेको छ । कांग्रेसले पनि तनहुँमा थापालाई नै नेतृत्वको जिम्मा दिएर पठाएको छ ।
चितवनमा मंसिरमा भएको निर्वाचनमा रविले ४९३०० मत ल्याएर विजयी भएका थिए । उनका प्रतिद्धन्द्धी कांग्रेसका उमेश श्रेष्ठले १४९८८ मत पाएका थिए । रविले ३४३१२ मतको मतान्तरले जितेका थिए । यदि यो पटक उनको मत घटेमा उनले यो ६ महिनामा देखाएका व्यवहारले उनको ग्राफ मतदाताले मन नपराएको बुझिने छ । यदि पुरानै जनमत कायम राखेमा उनप्रतिको आकषर्ण यथावत रहेको बुझिने छ । उनले अहिलेसम्म अरुलाई मात्र प्रश्न सोध्थे अहिले आफै जवाफ दिने ठाउँमा छन् । तर उनको व्यवहारमा पहिलेको भन्दा कुनै परिवर्तन नआएको देखिन्छ । उनलाई प्रश्न गर्नेलाई सहज रुपमा जवाफ नदिएर उल्टै मतदातालाई प्रतिप्रश्न गरेर जित्ने मनसाय देखिन्छ । कांग्रेस र रास्वपालाई दुबै निर्वाचन क्षेत्रमा आफ्नो आगामि कार्यक्रम र नेतृत्वको बारेमा फैसला गर्ने हुन्छ ।
बारा २ वर्चस्वको लडाइँमा को आउला अगाडि
बाराको उपनिर्वाचन पनि कम रोमाञ्कारी छैन । यो क्षेत्रमा पनि नयाँ र पुरानो दलको मात्र होइन दुई दलका अध्यक्षको वर्चस्वको लडाइँ भएको छ । यहाँ जसपाका अध्यक्ष उपेन्द्र यादव र शिवचन्द्र कुशवाह लडे पनि वर्चस्वको लडाइँ यादव र राउतबीच नै छ ।
सप्तरीमा यादव राउतसँग हारेर बारा पुगेका छन् । जनमत पार्टीका कुशवाहले निर्वाचन जितेमा यादवको राजनीति पाँच वर्ष पार्टीमा सिमिति हुने छ । आफूले सप्तरीमा हारेपछि संसदीय दलको नेतामा सिनियर नेता अशोक राइ नबनाएर रामसाय प्रसाद यादवलाई नै बनाएका थिए । तर यादव उपराष्ट्रपति भएपछि मन्त्री राइलाई बनाए । तर यादव जितेर आए सत्तामा बाग्रेनिङ पावर राख्ने छन् । हारेमा उनको बोली सडकमा मात्र सुनिने छ ।
उपेन्द्रको लागि यो उपनिर्वाचन राजनीतिमा कता जाने भनेर निर्णायक बन्ने छ । यदि उनले निर्वाचन जितेमा कोशी प्रदेशको सरकार हेरफेर हुन सक्छ । उनले हारेमा त्यो सरकार यथावत रहन सक्छ । र उपराष्ट्रपति यहि गठबन्धनबाट लिएर एमालेसँग मिल्न पनि जान सक्छन् । त्यसपछि उनको दल मधेश प्रदेश सरकारबाट पनि आउट हुन सक्छ । यो सरकारले फेरि विश्वासको मत लिनु पर्ने अवस्था नआउला भन्न सकिदैन ।
राउतको जनमतले जितेमा पनि मधेश प्रदेश र केन्द्रको राजनीतिमा पनि फेरबदल नभएपनि केहि परिवर्तन आउन सक्छ । जनमत अहिले केन्द्रमा सरकारमा छैन । यदि कुशवाह जितेमा जनमत सरकारमा सामेल हुने र मधेश प्रदेशमा पनि मुख्यमन्त्रीमा दाबी गर्ने योजनामा छ ।

प्रतिक्रिया दिनुहोस्: