ताजा अपडेट
राजनीति

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा शेरचन नियुक्त

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा शेरचन नियुक्त

हेटौंडा। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. सुरेन्द्र शेरचन नियुक्त भएका छन् ।

उनलाई आज प्रतिष्ठानका उपकुलपति डा. विश्वराज जोशीले पद तथा गोपनीयताको सपथ खुवाएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल र स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठको उपस्थिीमा सपथ खुवाइएको हो । यस अघिका रेक्टर डा. सतिस कुमार देवले राजिनमा दिएपछि स्वास्थ्य मन्त्रालयले शेरचनलाई रेक्टरमा नियुक्त गरेको हो । प्रतिष्ठानमा रेक्टर शिक्षाध्यक्ष हुने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…