प्रमिला यादवद्वारा उम्मेदवारी फिर्ताको घोषणा
काठमाडौँ । उपराष्ट्रपतिको उम्मेदवार बनेकी प्रमिलाकुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन् । उनी जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदवार बनेकी थिइन । उनले सोमवार आफ्नै पार्टीका अर्का उम्मेदवार रामसहाय यादवलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको विज्ञप्तीमा उल्लेख गरेकी छन् ।
विज्ञप्तिमा उनले स्वच्छ छवि र उच्च विचारका राम सहायलाई समर्थन गरेको जनाउँदै उनलाई सहयोग गर्न सबैलाई अपिल पनि गरेकी छन् । उनले आफ्नो उम्मेदवारी प्राविधिक रुपमा हुन गएको भन्दै रामसहाय यादवलाई समर्थन गरेको स्पष्ट पारेकी छन् ।


प्रतिक्रिया दिनुहोस्: