परिवर्तनविरोधीहरू हाम्रो प्रतिरोधसामु टिक्न सक्ने छैनन्ः विप्लव
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुकमा परिवर्तन विरोधीहरू आफूहरूको प्रतिरोधसामु टिक्न नसक्ने बताए ।
आइतबार माओवादी घटकहरूले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै विप्लवले उक्त कुरा बताएका हुन् । उनले यो मुलुक अझै गरिब र निमुखाहरूको भइनसकेको देखिएको बताए ।
मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीमात्री पक्राउ पुर्जी जारी गर्नेसम्मका मुद्दाहरू चलाइन्छ भने यो देशमा सुकुम्बासीहरूको हालत के होला विप्लवले भने ।
उनले किसानहरू रुँदै हिँड्नुपर्ने अवस्था सिर्जना गरिएको बताए । नेपालको स्रोत साधन कब्जा गर्न खोज्नेले मुलुकमाथि आँखा गाडीरहेको पनि उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्: