ताजा अपडेट
राजनीति

रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने कांग्रेसको निर्णय

रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने कांग्रेसको निर्णय
/fi6«ktLsf pd]bjf/ /fdrGb| kf}8]n . tl:a/ M k|bLk/fh jGt,/f;;

काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज बिहान पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता रामशरण महतले जानकारी दिए। बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले रामचन्द्रलाई राष्ट्रपति उम्मेदवार बनाउने प्रस्ताव गरेका थिए।

कांग्रेसका उम्मेदवारलाई जिताउन सबैमाझ अनुरोध गरेको निर्णय गरेको महतले बताए । हिजो भएको ८ दलीय नयाँ गठबन्धनको बैठकले राष्ट्रपति कांग्रेसलाई दिने सहमति गरेको थियो ।

पौडेलले आजै नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा आफनो उम्मेदवारी दर्ता गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…