काठमाडौं । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा–२ मा प्रतिस्पर्धीभन्दा चारगुणा मतले अगाडि छन् ।
पछिल्लो मत परिणामअनुसार प्रचण्डले तीन हजार ७८५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धीहरुले एक हजार कटाउन सकेका छैनन्।
प्राप्त मत परिणामअनुसार प्रचण्डका निकटतम् प्रतिष्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले ९३५ मत प्राप्त गरेका छन् भने एमालेका अब्दुस मियाँले ८६४ मत प्राप्त गरेका छन्।
गोरखा २ मा समानुपातिक तर्फपनि माओवादी केन्द्र अगाडि देखिएको छ।
समानुपातिक तर्फ माओवादीले १ हजार ७ सय ९४ मत प्राप्त गरेको छ भने कांग्रेसले १ हजार ६३, एमालेले २९० र राष्ट्रिय स्वतन्त्र पार्टीले २७४ मत प्राप्त गरेको छ।











प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…