प्रतिनिधि सभा क्षेत्र नं. १ ख मा २९३६ मत गणना गर्दा एमालेका श्रेष्ठ अगाडि
हेटौंडा । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नं १ (ख) को हालसम्म २ हजार ९३६ मत गणना भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित सिद्धार्थ माविमा भएको मतगणनामा नेकपा एमालेका उम्मेदवार एकलाल श्रेष्ठले अग्रता लिएका छन् । श्रेष्ठको १ हजार ९३ मत आएको छ ।
लोकतान्त्रिक गठबन्धनका उम्मेदवार आनन्दराम पराजुली ७६५ मत प्राप्त गरेका छन् । पराजुलीलाई ३२८ मतले पछि पार्दै श्रेष्ठले अग्रता लिएका हुन् ।
यस्तै, राप्रपाका उम्मेदवार गुञ्जनबहादुर न्यौपानले ७६३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: