ताजा अपडेट
राजनीति

गठबन्धनका उम्मेदवारलाई भोट नहाले पाप लाग्छ : प्रचण्ड

गठबन्धनका उम्मेदवारलाई भोट नहाले पाप लाग्छ : प्रचण्ड
dfcf]jfbL s]Gb|sf cWoIf k|r08 kf]v/f, $ sflQs M u08sL k|b]z ;ldltåf/f cfof]lht] kfFr bnLo u7aGwg k|b]z:t/Lo sfo{stf{ e]nfnfO{ ;Daf]wg ug{'x'Fb} g]skf -dfcf]jfbL s]G›_ sf cWoIf k'iksdn bxfn …k|r08Ú . tl:a/ M /flwsf sF8]n÷/f;;

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनका उम्मेदवारलाई भोट नहाले ‘पाप लाग्ने बताएका छन् । सत्तागठबन्धनको गण्डकी स्तरीय कार्यकर्तालाई सम्बोधन गदै उक्त कुरा बताएका हुन् ।

सत्तागठबन्धनका उम्मेदवारलाई भोट नहाल्ने र आफ्नै चुनाव चिन्हमा भोट हाल्ने भनेमा पाप लाग्ने बताएका हुन् । केही कांग्रेसीहरुले अभियान चलाएको सन्दर्भमा उनले त्यसो गरे पाप लाग्ने टिप्पणी पनि गरे।

कास्की क्षेत्र नम्बर २ बाट बागी उम्मेदवारी दिएका कांग्रेसका महादेव गुरुङले आफ्नो प्रचार अभियानको क्रममा यो पटकको भोट कांग्रेसलाई भन्ने नारा तय गरेका छन्। प्रचण्ड शुक्रबार पोखरामा आयोजित पाँच दलीय गठबन्धनको प्रशिक्षण कार्यक्रममा बोल्दै थिए ।

‘आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्ने हो भने आत्मघाति हुन्छ, गबठन्धनलाई स्वीकार गरौं’,उनले भने, ‘यहाँ हसियाँ हठौडामा भोट हाल्नेले रुखमा र रुखमा भोट हाल्नेले हसिया हठौडामा र कलममा हाल्न गाह्रो भएको सुनेका छौँ,गठबन्धनले गर्दा सबैको चिन्ह स्वीकारेका हौँ ।’

कास्कीको प्रतिनिधिसभाको तीनवटा क्षेत्रमध्ये कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीले एक–एक सिट बाँडेका छन् भने प्रदेशमा कांग्रेसले ३ र माओवादीले ३ सिट लिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…