जनआन्दोलनमा गोली हान्ने कमल थापालाई बोक्ने एमालेलाई भोटहाल्नु हुदैन : विरोध खतिवडा
हेटौडा । एकीकृत नेपाल कम्युनिष्ट पार्टी समाजवादीका नेता तथा मकवानपुर २ का प्रतिनिधि सभा सदस्यको लागि गठबन्धनका साझा उम्मेदवार बिरोध खतिवडाले उमेर भन्दा पनि काम गर्न सक्ने क्षमता बोक्नेलाई मतदान गर्नुपर्ने बताए ।
आइतबार गठबन्धन दलको मकवानपुर गढीमा संयुक्त सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् । युवालाई मतदान भन्दै मत माग्नेले १ क्षेत्रमा युवा र अर्को क्षेत्रमा बुवा उम्मेदवार उठाएको उनको भनाई छ ।
ब्यवस्था परिबर्तको लागि भएको जनआन्दोलनका सहिद बासुदेबको शालिकमा गएर फोटो खिच्ने र बासुदेबलाई गोली हान्न लगाउने कमल थापालाई बोकेर मत माग्ने नेकपा एमाले जाली भएको उनको आरोप छ ।
जनआन्दोलन र शहिदहरुको न्यायको निम्ती पनि एमालेलाई मतदान गर्न नहुने तर्क उम्मेदवार खतिवडाको रहेको छ । उनले मकवानपुरको विकासको लागि आफुले महत्वपुर्ण भुमिका खेलेको बताए ।

प्रतिक्रिया दिनुहोस्: