ताजा अपडेट
राजनीति

माओवादीले दियो आफ्ना बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आज साँझसम्मको समय, नलिए स्वत निष्कासित

माओवादीले दियो आफ्ना बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आज साँझसम्मको समय, नलिए स्वत निष्कासित

काठमाडौं । नेकपा माओवादी केन्द्रले बागी उठेका उम्मेदवारले आज साँझसम्म आफ्नो उम्मेदवारी निष्कृय नगराए कारबाही गर्ने भएको छ ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा गठबन्धन र पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने उम्मेदवार, प्रस्ताव र समर्थकलाई माओवादीले पार्टीबाट निष्कासन गर्ने भएको हो ।

सोमबार कार्यलय सचिव श्रीराम ढकालले एक विज्ञप्ति जारी गरी आज साँझसम्म बागी उम्मेदवारले आफ्नो उम्मेदवारी निष्कृय नपारे कारबाही हुने जानकारी दिएका छन् ।

‘गठबन्धन दलहरूबीच सहमति भई बनेका नेकपा माओवादीका आधिकारिक उम्मेदवारविरुद्ध एवं गठबन्धन दलबीच सहमति भई बनेका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिई तोकिएको मिति र समयभित्र उम्मेदवारी फिर्ता नलिएका त्यस्ता बागी उम्मेदवार, तिनका प्रस्तावक र समर्थकलाई सम्पूर्ण जिम्मेवारीसहित पार्टीबाट निष्कासनको कारबाही गरिएको कुरा अवगत गराउन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

आफ्नो उम्मेदवारी फिर्ता लिएर पार्टी र गठबन्धन दलभित्रका आधिकारिक उम्मेदवारलाई विजयी गराउन पूर्ण रूपमा सक्रिय रहने प्रतिबद्धतासहित आज साँझसम्म सार्वजनिक रूपमा वक्तव्य प्रकाशित गरेमा वा आफ्नो उम्मेदवारी निष्कृय गराए कारबाही फिर्ता हुने पनि माओवादीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…