Bagmati Samachar Logo

सत्ता गठबन्धनद्धारा अपिल प्रकाशन गर्न चार सदस्यीय मस्यौदा समिति गठन

काठमाडौं । सत्तारुढ गठबन्धनले मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको चुनावको लागि अपिल प्रकाशन गर्ने भएको छ । अपिल प्रकाशनका लागि कांग्रेस तर्फबाट प्रकाशशरण महत, माओवादी केन्द्रका तर्फबाट हितमान शाक्य, नेकपा एसका तर्फबाट प्रमेश हमाल र राष्टिय जनमोर्चाका तर्फबाट हिमलाल पुरी सम्मिलित मस्यौदा समिति गठन गरिएको छ ।

बिहीबार बसेको गठबन्धनको बैठकले निर्वाचन परिचालन समन्वय समिति गठन गर्ने निर्णय पनि गरेको बैठकमा सहभागी एक नेताले बताए । केन्द्रमा रामचन्द्र पौडेलको नेतृत्वको गठबन्धनले काम गर्ने तथा प्रदेश र जिल्लास्तरमा गठबन्धन दलका प्रमुखहरु रहेको प्रदेश निर्वाचन समन्वय समिति गठन गर्ने बताइएको छ।

जिल्ला संयन्त्रले आवश्यकता अनुसार निर्वाचन क्षेत्र तथा स्थानीय तहमा पनि निर्वाचन परिचालन समन्वय समिति निर्माण गर्ने सक्नेछ गठबन्धनले निर्णय गरेको छ।​