देउवाले सातौँ पटक डडेल्धुराबाट उम्मेदवारी दर्ता गराए
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रसका सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट उम्मेदवारी दर्ता गराएका छन् ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि डडेल्धुराबाट सातौँ पटक वारेसनामा मार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रधानमन्त्री देउवाको तर्फबाट उनकी धर्मपत्नी एवं नेपाली कांग्रेसकी नेत्री डा. आरजू राणा देउवाले उम्मेदवारी दर्ता गराएकी हुन् ।
देउवाको प्रस्तावक जिल्ला पार्टी सचिव हेमराज चटौत र समर्थकमा पार्टी जिल्ला उपसभापति डिल्लीराज जोशी रहेका छन् । देउवाले ६ पटक डडेल्धुराबाट चुनाव जिति सकेका छन् ।

प्रतिक्रिया दिनुहोस्: