Bagmati Samachar Logo

घनश्याम भुसालले दिए स्वतन्त्र उम्मेदवारी

काठमाडौं । नेता घनश्याम भुसालले आइतबार रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका छन् । भुसालले शनिबार मात्र नेकपा एमाले परित्यागका गरेका हुन् ।

आइतबार बिहान आफ्नो घरमा पत्रकार सम्मेलन गरेर उनले आफू स्वतन्त्र वामपन्थी विचारकका रूपमा उम्मेदवार बन्न लागेको जानकारी दिएका थिए ।

उनलाई सत्ता गठबन्धनले समर्थन गरेको छ । यहाँ गठबन्धनबाट प्रदेशतर्फ (क) मा कांग्रेसका विश्वनाथ यादव र (ख) मा कांग्रेसकै अब्दुल रज्जाकले उम्मेदवारी दिएका छन् ।

क्षेत्र नम्बर १ बाट एमाले केन्द्रीय सचिव छविलाल विश्वकर्माले पनि प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । यहाँ एमालेसहितको गठबन्धनबाट प्रदेशतर्फ (क) मा राप्रपाका आशिष चौधरी र (ख)मा दधिराम न्यौपानेले उम्मेदवारी दिएका छन् ।