Bagmati Samachar Logo

एमाले जसपा चुनावमा तालमेल भयो

काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच चुनावी तालमेल भएको छ । जसपाले एमालेसंग तालमेल गर्दा प्रतिनिधिसभामा ४ र प्रदेशसभामा १५ सिट बढी पाएको छ । जसपा र एमालेबीच प्रतिनिधिसभातर्फ ५२ सिटमा तालमेल भएको हो । जसमा एमालेले ३५ र जसपाले १७ सिट तालमेल पाएको छ ।

यस्तै, प्रदेशसभातर्फ १ सय १२ सिटमा एमाले र जसपाबीच चुनावी तालमेल भएको छ । त्यसमा एमालेको भागमा ७० र जसपाको भाग ४२ सिट परेको छ । तालमेल नभएका निर्वाचन क्षेत्रमा दुवै दलले मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति भएको छ ।

सत्ता गठबन्धन जसपाले २२ सिट मागेका थियौं । तर सत्ता गठबन्धनले १३ सिट दिने प्रस्ताव गरेको थियो । जसपालाई मधेस प्रदेशमा ११, प्रदेश १ र बागमतीमा १–१ सिट दिने प्रस्ताव गरेका थिए । यस्तै प्रदेशतर्फ पनि जसपालाई २७ सिटको प्रस्ताव आएको थियो ।