भीमफेदी दुर्घटनामा ७ जनाको मृत्यु ,६ जनाको सनाखत
हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा बस दुर्घटना भएको छ । दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जनाको सनाखत भएको छ । अझै एक जनाको सनाखत हुन बाँकी रहेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेका अनुसार नुवाकोटका ३४ वर्षीय रघुराज न्यौपाने, बाराको झिट्कैयाका ३३ वर्षे अब्दुल्लाहा मियाँ ठकुराई, बारा जितपुरका २५ वर्षीय शेख अरमान, मकवानपुर गढी(३ का ४३ वर्षीय मदन बिक, पर्साको वीरगञ्ज ३१ का ४२ वर्षीय हृदय नारायण पंजियार र भारत मोतिहारीका ३५ वर्षीय सरदनारायण शर्माको मृत्यु भएको हो ।
काठमाडौंबाट हेटौंडाका लागि छुटेको ना३ख ७८५८ नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएका २६ जनामध्ये २३ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । तीन जनाको भरतपुरमा उपचार भैरहेको प्रहरी निरीक्षक घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्: