एकीकृत समाजवादीद्वारा काठमाडौं ७ मा वसन्त र प्रदेशमा फुर्वा उम्मेदवार सिफारिस
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं ७ बाट प्रतिनिधि र प्रदेशसभा सांसदका उम्मेदवारको सिफारिस गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि क्षेत्र न. ७ बाट संघ र प्रदेशका लागि उम्मेदवारको नामावली सिफारिस गरेको हो।
नेकपा एकीकृत समाजवादी काठमाडौंको आज बसेको बैठकले क्षेत्र नम्बर ७ प्रतिनिधिसभाका लागि प्रत्यक्ष तर्फ बागमती प्रदेशका खानेपानी तथा ऊर्जामन्त्री समेत रहेका वसन्त मानन्धर ,र प्रदेश सभा, समानुपातिकतर्फ संविधानसभा सदस्य प्रभा बज्राचार्यको नाम सिफारिस गरेको फुर्वा लामाले बताए ।
त्यस्तै प्रदेशसभा सदस्य (क) का लागि प्रत्यक्षतर्फ राजेन्द्र भण्डारी, नारायण गमाल र (ख) समाजवादीका प्रदेश कमिटी सदस्य तथा युवा संघका सचिव तथा बागमती अध्यक्ष फुर्वा लामाको नाम सिफारिस भएको छ ।
दुबै प्रदेशसभाको समानुपातिकतर्फ पार्टीको माथि कमिटीले टुंगाउने भएको छ। गठबन्धनका दलहरूबीच छलफल चलिरहेको र तालमेल भए केन्द्र र एक प्रदेश अनिवार्य पाउनु पर्ने दावी रहेको लामाले बताए।

प्रतिक्रिया दिनुहोस्: