तीन दिनभित्र सिट बाँडफाँट गर्ने सत्ता गठबन्धनको तयारी
काठमाडौं । सत्ता गठबन्धनले भदौ ९ भित्र सिट बाँडफाँड टुंगो लगाउने तयारी गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकले तीन दिनभित्र टुंगोमा पुग्ने बताएका हुन् ।
यद्यपि, सिट बाँडफाँटका लागि मापदण्डमै सहमति भइसकेको छैन । मंगलबारको बैठकले ठोस निष्कर्ष ननिकालेका कारण बुधवार पुनः छलफल हुँदैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा कार्यदलका संयोजक कृष्ण सिटौला उपस्थित हुन नसकेका कारण बैठक बुधबारका लागि सारिएको छ ।
कार्यदलका सदस्य हिमलाल पुरीका अनुसार गठबन्धनबीच स्थानीय तहको चुनावका साथै २०७४ सालको समानुपातिक मतलाई समेत सिट बाँडफाँटको मुख्य आधार बनाइएको छ । पुरीका अनुसार बुधबार र बिहीबारसम्म सहमति जुटाउने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्: