Bagmati Samachar Logo

सिट बाँडफाँट निष्कर्ष नजिक पुगेको सत्ता गठबन्धनको दावी

काठमाडौं । प्रदेश र प्रतिनिधिसभा चुनावमा सिट बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनको बैठकले आजबसेको बैठकमा सिटबाँडफाँड नजिक पुगेको दाबी गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सिट बाँडफाँटबारे छलफल भएपनि निष्कर्ष ननिस्केको सरकारका प्रवक्ता समेत रहेका मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए । उनले मंगलबार दिउँसो ३ बजे अर्को बैठक बस्ने पनि बताए ।

गठबन्धन बैठक निष्कर्ष नजिक पुगेको छ । बैठक जारी छ , भोली ३ बजे बस्नेछ’, कार्कीको भनाइ छ । बैठकमा सिट बाँडफाँट र त्यसपछिको अवस्थामा केन्द्रीत रहेर छलफल भएको मन्त्री कार्कीले बताए ।