माओवादी स्थायी समितिले चयन गर्यो पदाधिकारी (सूचीसहित)
काठमाडौं । नेकपा माओवादी केन्द्रको शनिबार बसेको स्थायी समिति बैठकले २१ जना पदाधिकारीको चयन गरेको छ। महासचिवमा देव गुरुङ सर्वसम्मत चयन भएका छन् ।
बैठकमा अध्यक्ष ‘प्रचण्ड’ले पदाधिकारीको नाम प्रस्ताव गरेका थिए । बैठकले त्यसलाई अनुमोदन गरेपछि माओवादीमा पदाधिकारी चयन भएका हुन् ।
माओवादीको आठौं महाधिवेशन गत पुस ११ देखि १८ गतेसम्म काठमाडौंको प्रज्ञा भवनमा सम्पन्न भएको थियो ।
माओवादी केन्द्रको सर्वाधिक चासोका साथ हेरिएको महासचिवमा देव गुरुङ सर्वसम्मत चयन भएका छन् । उनी माओवादी केन्द्रमा चौथो वरियतामा थिए । प्रचण्डले मध्यमार्गी प्रस्तावका रुपमा देव गुरुङलाई महासचिवमा अगाडि सारेका हुन् ।
माओवादीले २१ जनाको पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, एक जना उपाध्यक्ष एक जना महासचिव, ७ जना उपमहासचिव, ९ जना सचिव र एक जना कोषाध्यक्ष बनाएको छ ।
अध्यक्ष : पुष्पकमल दाहाल प्रचण्ड
वरिष्ठ उपाध्यक्ष :नारायणकाजी श्रेष्ठ
उपाध्यक्ष : कृष्णबहादुर महरा
उपमहासचिव :
वर्षमान पुन
हरिबोल गजुरेल
पम्फा भुसाल
जनार्दन शर्मा मात्रिका यादव
शक्ति बस्नेत
सचिव :
दिनानाथ शर्मा
चक्रपाणी खनाल
देवेन्द्र पौडेल
लिलामणी पोखेरेल
गणेश साह हितमान शाक्य
हित राज पाण्डे
डिलाराम शर्मा
सुरेन्द्र (राम) कार्की
कोषाध्यक्ष : श्रीराम ढकाल

प्रतिक्रिया दिनुहोस्: