बाबुरामको पक्षमा २३० जना केन्द्रीय सदस्यको हस्ताक्षर रहेको दाबी

निर्वाचन आयोगमा बुझाउने तयारी
काठमाडौं । विभाजनको संघारमा पुगेको जनता समाजवादी पार्टी नेपालका २३० जना केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको डा. बाबुराम भट्टराई पक्षले दाबी गरेको छ । आज बिहान बसेको बैठकमा २३० जनाले हस्ताक्षर गरेको एक नेताले बताएका हुन् । २३० जनाको हस्ताक्षर निर्वाचन आयोगमा बुझाउने तयारी भइरहेको ती नेताले बताए ।
तर केन्द्रीय समिति बैठकमा १०६ जना केन्द्रीय सदस्यले मात्र रजिस्ट्रेसन गराएका छन् । तर बैठकमा आएका धेरैले रजिस्ट्रेसन नगरेको बताइएको छ। पार्टीमा केन्द्रीय सदस्यको कूल सङ्ख्या ४९९ रहेका छन् । २३ जना सांसदमध्ये १० जना आफूहरूको पक्षमा रहेको भट्टराई पक्षको दाबी छ।
प्रतिक्रिया दिनुहोस्: