Swornakshar Logo

संसदीय विशेष छानविन समिति : कार्यविधि पारित, अर्थ मन्त्रालयलाई पत्राचार गर्ने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न बनेको संसदीय विशेष समितिले कार्यविधि पारित गरेको छ ।

सिंहदरबारमा मंगलबार ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णको सभापतित्वमा बसेको पहिलो बैठकले आवस्यक कागजात झिकाउन अर्थमन्त्रालयलाई पत्राचार गर्ने भएको छ ।

समिति सचिवालयले तयार पारेको कार्यविधिमाथि छलफल गरेर अन्तिम रुप दिँदै बजेट निर्माणका सवालमा अर्थमन्त्रालयसँग सम्बन्धित कागजात मगाउन पत्राचार गर्ने निर्णय गरेको हो ।

त्यस्तै समिति सभापति चयन गर्ने विषयमा सत्तापक्ष र विपक्षीले दाबी गरेपछि सहमति हुन सकेन ।

समितिको अर्को बैठक बुधबार दिउँसो साढे बजे सिंहदरबारमा बस्नेछ । बजेट निर्माण गर्दा अनाधिकृत व्यक्ति प्रवेश गराएको भन्दै अर्थमन्त्रीमाथि छानविन गर्न असार २२ गते ११ सदस्यीय संसदीय विशेष छानविन समिति गठन भएको थियो । समितिलाई १० दिनभित्र प्रतिवेदन तयार पार्न भनिएको छ ।