पाइयो भन्दैमा ३ माना चुक खाएर एमाले गठबन्धनजस्तो बिरामी हुँदैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन बनाउन हतार नगर्ने बताएका छन् । गठबन्धनका विषयमा एमालेले विचार गरेर मात्र अघि बढ्ने बताएका छन्।
सोमबार राजधानीमा आयोजित सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन्।
‘हामी पायो भन्दैमा ३ माना चुक खाएर बिरामी हुने अहिलेको गठबन्धनजस्तो होइन्,’ उनले भने, ‘त्यसकारण विचार गरेर मात्र चल्छौँ।’
उनले भने, ‘मैले गठबन्धन चलाएर हेरेको छु । गठबन्धनका लागि गठबन्धन बनाउने पक्षमा छैन । परिस्थितिमा परिवर्तन मुख्य कुरा हो ।’
ओलीले पटक–पटक विवाह र डिभोर्स हुने प्रवृत्ति समाजमा देखिएको भन्दै यसलाई गठबन्धन निर्माणसँग तुलना गरे । उनले भने, ‘किन पटकपटक विवाह र डिभोर्स हुन्छ ? किनकि त्यो विवाह साँचो थिएन । डिभोर्स साँचो थियो । एमालेले साँचो डिभोर्सका लागि नक्कली बिहे गर्न हतार गर्दैन ।’
उनले सरकारमा पुग्नुमात्रै सबकुछ नभएको बताए ।
प्रतिक्रिया दिनुहोस्: