माओवादी केन्द्रीय समितिको बैठक स्थगित

हेटौंडा । माओवादी केन्द्रको जारी केन्द्रीय समितिको बैठक स्थगित भएको छ । सांसद रहेका केन्द्रीय सदस्यहरु प्रतिनिधिसभाको बैठकमा सहभागी हुनुपर्ने भएकोले आजको बैठक स्थगित भएको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव तथा माओवादी केन्द्रका रमेश मल्लले जानकारी दिएका छन् ।
अर्को बैठक भोली बिहिबार बिहान ११ बजेका लागि सारिएको हो ।
प्रतिक्रिया दिनुहोस्: