Swornakshar Logo

अर्थमन्त्री विवादबारे माओवादी केन्द्रले एमालेसँग छलफल गर्ने

हेटौंडा । नेकपा माओवादी केन्द्रले अर्थमन्त्री जनार्दन शर्माका विषयमा उठेका प्रश्नबारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गर्ने भएको छ।

आज बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास (खुमलटार) मा बसेको पूर्वस्थायी कमिटी सदस्यहरुको बैठकले अर्थमन्त्री विवादबारे एमालेसँग छलफल गर्ने निर्णय गरेको हो।

बैठकमा सहभागी एक नेताले भने, ‘संसद बैठक बस्दै छ, त्यसपछि एमालेसँग यो विवादबारे छलफल हुन्छ।’ एमालेले अर्थमन्त्री शर्माको राजीनामा माग गरिरहेको छ।