तत्कालीन नेकपा सचिवालयका बहुमत सदस्यहरुबीच बैठक

काठमाडौं । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बहुमत सचिवालय सदस्यहरुबीच आज भेटवर्ता भएको छ । भेटवार्तामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, सम्मानीत नेता झलनाथ खनाल,नेकपा एकता राष्ट्रिय अभियान नामक पार्टी खोलेका वामदेव गौतम र माओवादी केन्द्रका नेतानारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको हो।
भेटवार्ताका क्रममा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेस संगको गठबन्धन आदि विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।
यसअघि आज बिहानमात्रै पनि भेटघाट भएको प्रचण्डले आइतबारको केन्द्रीय समिति बैठकमा जानकारी गराएका थिए।
केन्द्रीय समिति बैठक सकेर प्रचण्ड भेटघाटका लागि निस्किएका हुन्। नेतृत्व तहको यो छलफललाई निरन्तरता दिने समझदारी पनि बनेको प्रचण्ड सचिवालयले जानकारी दिएको छ।
पछिल्लो समय वामदेव गौतमले नेकपा एकता राष्ट्रिय अभियान नामक पार्टी निर्माण गरी सक्रियता बढाएका छन्। यस्तै हाल सहकार्य गरिरहेका माओवादी र एकीकृत समाजवादीका नेताहरु पनि भविष्यमा पार्टी एकता हुनसक्ने बताउँदै आएका छन्।
प्रतिक्रिया दिनुहोस्: